दफा १०
समितिको बैठक
(१) समितिको बैठक आवश्यकता अनुसार बस्नेछ ।
(२) समितिको बैठक समितिको अध्यक्षको निर्देशनमा समितिको सदस्य–सचिवले बोलाउनेछ ।
(३) समितिको सदस्य–सचिवले बैठक बस्ने सूचना सहित बैठकमा छलफल हुने विषयहरुको सूची तीन दिन अगावै सदस्यहरुलाई उपलब्ध गराउनु पर्नेछ ।
(४) समितिमा तत्काल कायम रहेको सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(५) समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा समितिको सदस्यहरुले आफुमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) समितिको निर्णय समितिको सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ ।
(८) समितिको बैठकसम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरेबमोजिम हुनेछ ।